mahakalihss.belauri@gmail.com +977-099-580212
"Knowledge is power, and it begins with education."
MIS Login
mahakalihss.belauri@gmail.com +977-099-580212
"Knowledge is power, and it begins with education."
MIS Login

Pre Education

Pre Education

पुर्व प्राथमिक शिक्षा वा वाल विकास शिक्षा भनेको शिशु तथा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र नैतिक विकासको प्रक्रिया र त्यसलाई प्रोत्साहन गर्ने शैक्षिक अभ्यासहरूको अध्ययन हो। यो शिक्षा विशेषगरी पूर्वप्राथमिक र प्रारम्भिक बालबालिका केन्द्रित कक्षाहरूमा दिइन्छ । यस श्री महाकाली माध्यमिक विद्यालयले पुर्व प्राथमिक शिक्षा लाई विशेष रुपमा लिएको छ ।

१. बाल विकास शिक्षाको प्रमुख उद्देश्यहरू:

  • बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गर्नु
  • बालमैत्री वातावरण सिर्जना गर्नु
  • सिकाइको लागि उपयुक्त विधि, स्रोत र शैली विकास गर्नु
  • बालबालिकाको अधिकार, सुरक्षालगायत पक्षमा सचेत बनाउनु

२. बाल विकासका प्रमुख पाटाहरू:

(क) शारीरिक विकास:

  • बच्चाको शरीर, मांसपेशी, मोटर सीप (जस्तै: हिँड्न, दौडन, समात्न) आदिको विकास।
  • पोषण, खेलकुद, र नियमित गतिविधिबाट प्रोत्साहित हुन्छ।

(ख) संज्ञानात्मक (बौद्धिक) विकास:

  • बालबालिकाले कसरी सोच्ने, सिक्ने, सम्झने र समस्याको समाधान गर्ने क्षमता विकास गर्छन्।
  • भाषा, गनित, रंग, आकार, समय आदिको समझदारी समावेश हुन्छ।

(ग) सामाजिक विकास:

  • बच्चाले अरूसँग कसरी व्यवहार गर्छ, साझा गर्न, पालो कुर्न, मित्रता विकास गर्न सिक्दछ।

(घ) भावनात्मक विकास:

  • बच्चाले आफ्नो भावना (राम्रो/नराम्रो) कसरी बुझ्ने र व्यक्त गर्ने?
  • आत्म-विश्वास, आत्म-सम्मान जस्ता भावना यसअन्तर्गत पर्छन्।

(ङ) नैतिक विकास:

  • सही र गलतको भिन्नता बुझ्ने, नियम पालना गर्ने, इमान्दार, दयालु बन्ने जस्ता गुणहरू विकास गर्नु।

३. बाल विकास शिक्षाका विधिहरू:

  • खेल मार्फत सिकाइ (Play-based learning)
  • अनुभवात्मक शिक्षण (Experiential learning)
  • कथा, गीत, चित्रकला, नाचगानमार्फत शिक्षण
  • बालकेन्द्रित शिक्षण (Child-centered approach)
  • मूल्यांकन रहित, रमाइलो वातावरणमा शिक्षण

४. बाल विकास शिक्षामा शिक्षकको भूमिका:

  • मार्गदर्शक, प्रेरक र संरक्षणकर्ता
  • बालबालिकाको क्षमता अनुसार पाठ तयार पार्ने
  • बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्ने
  • अभिभावकहरूसँग समन्वय गरेर बालबालिकाको प्रगति हेर्ने

Department Contact Info

Mahakali Secondary School

Belauri Kanchanpur Sudurpashchim Nepal
Tel:- +977-099-580212

Web: http://mahakaliss.edu.np

+977-099-580212
Tel:- +977-099-580212
mahakalihss.belauri@gmail.com

Sunday-Friday – 6.30AM to 5.00PM

Social Info



Student Resource